बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा तीन करोड बढीले लगाए खोपको पहिलो डोज

आइतबार, १५ चैत २०७७, २१ : ४७
आइतबार, १५ चैत २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या धेरै समयपछि १९ जनामा झरेको छ ।  यो संख्या गत सेप्टेम्बर २० पछिका आइतबार मध्येकै सबैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ५९२ पुगेको छ ।

यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या  ४३ लाख ३३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ८६२ नयाँ संक्रमित थपिएर कुल संक्रमित संख्या ४३ लाख ३३ हजार ४२ पुगेको हो । संक्रमित संख्या पनि निकै लामो समयपछि चार हजारभन्दा तल झरेको हो ।

बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि निरन्तर कमी आएको छ ।

शुक्रबारसम्मको तथ्याँक अनुसार भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ६१५ रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ३४३ जना संक्रमित अस्पताल भर्ना भएका थिए ।

बेलायतमा कोरोना विरुद्धको खोपको पहिलो डोज लिनेको संख्या तीन करोड नाघेको छ । यसैगरी हालसम्म तीन करोड ३६ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ । हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ३६ लाख ७८ हजार ७६८९९३ डोज खोप वितरण भएको हो ।

बेलायतमा तीन करोड १५ लाख १ हजार २८७ जनाले पहिलो र दोस्रो डोज लिनेको संख्या ३५ लाख २७ हजार ४८१ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप