बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा १० करोड व्यक्तिलाई कोरोना विरूद्धको खोप दिइयो

आइतबार, १५ चैत २०७७, १९ : ०७
आइतबार, १५ चैत २०७७

एजेन्सी । चीनमा आइतबारसम्म कोभिड–१९ विरूद्धको खोप लगाउनेको सङ्ख्या १० करोडभन्दा माथि पुगेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण राज्य परिषद् अन्तर्गत संयुक्त संयन्त्रले आइतबार एक पत्रकार सम्मेलनमार्फत १० करोड चिनियाँलाई खोप लगाइसकिएको जानकारी गराइएको हो । 

राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्याङ्कअनुसार अहिलेसम्म १० करोड २४ लाख दुई हजार चिनियाँहरूले खोप लगाएका छन् । चीनले मार्च २४ पछि दैनिक कोभिड–१९ विरूद्धको खोप सेवा अभियान थालेपछि दैनिक ३० लाख मात्रा खोप उत्पादन गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप