शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देशमा जन्मन्छन् वर्षेनी पाँच लाख बेरोजगार युवा

मङ्गलबार, २४ असोज २०७४, १२ : ५४
मङ्गलबार, २४ असोज २०७४

जुम्ला - श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जीवनकुमार राईले वर्षेनी पाँचलाख नेपाली युवा बेरोजगार हुने गरेका बताउनुभएको छ । 

‘कोरिया इन्टरनेशनल को–अपरेशन एजेन्सी ९कोइका०’ को वित्तीय तथा अन्तरराष्ट्रिय श्रम संगठन नेपालको प्राविधिक सहयोगमा श्रम तथा रोजगार मन्त्रालय÷विभागद्वारा आयोजित अभिमुखीकरण गोष्ठीमा उपसचिव राईले आन्तरिक रोजगारी सिर्जना हुन नसकेकाले बेरोजगारी बढेको बताउनुभयो । 

नेपालका रोजगारदाता उद्योग, प्रतिष्ठानले रोजगारी दिन अनिच्छा देखाएकाले रोजीरोटीका लागि युवा विदेशिनु परेको उहाँको टिप्पणी थियो । 

श्रम विभागका निर्देशक हरि शर्माले कर्णालीसँग रोजगार दिनसक्ने तमाम सम्भावना रहेको बताउनुभयो । यहाँ जल, जंगल, जडीबुटी र पर्यटन क्षेत्रको विकास गर्न सके सयौँ युवाले रोजगार पाउने उहाँको भनाइ थियो । 

अन्तरराष्ट्रिय श्रम संगठन नेपालअन्तर्गत सञ्चालित श्रम बजार, सूचना रोजगार सेवा ९लाइफ० परियोजनाका राष्ट्रिय संयोजक सौरभराम जोशीले आफूहरुले रोजगारी दिने नभई प्रभावकारी रोजगारी सेवा प्रवाहको लागि पहल गर्ने बताउनुभयो । संयोजक जोशीले सन् २०१५ देखि परियोजना शुरु हुँदा पहिलो चरणमा धनगढी, नेपालगञ्ज, बुटवल, काठमाडौँ, विराटनगर र अहिले जनकपुर, पोखरा र जुम्लाका रोजगार सूचना केन्द्रसँगको सहकार्यमा काम गर्दै आएको जनाउनुभयो । 

रोजगार खोज्नेका लागि सहज होस् भनेर प्रत्येक सूचना केन्द्रमा ‘जब पोर्टल’ निर्माण गरिएको छ । परियोजनाले अहिलेसम्म विभिन्न क्षेत्रमा गरेर तीन हजार ८४९ जनालाई रोजगार दिलाउन सहयोग पु¥याएको छ । रोजगार सूचना केन्द्रका प्रमुख मेघराज गिरीले जनशक्ति आवश्यक परेमा आफ्नो कार्यालयसँग सम्पर्क र समन्वय गर्न आग्रह गर्नुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप