प्रचण्डले पत्याएका रहवर

person access_timeअसोज २४, २०७४ chat_bubble_outline0

युवा र राजनीतिको दूरी घटेको छैन । युवापुस्तामा समेत राजनीतिलाई ‘फोहोरी खेल’ भन्नेको बाहुल्य छ । त्यसो भन्नेहरू विशुद्ध आफ्नो ‘करिअर’ बनाउन लोभिएका हुन्छन् । उनीहरू हरेक क्षेत्रमा आफूलाई कसरी उकास्न सकिन्छ भन्ने ध्याउन्नमा छन् । त्यसैका लागि संघर्षरत छन् । संघर्षका पापड बेले पनि भनेजस्तो प्रगति गर्न सकेका छन् । यस अर्थमा उनीहरूले परिवर्तन चाहेका हुन् । 

परिवर्तन त्यत्तिकै सम्भव छैन । सम्भव बनाउने एउटै सूत्र राजनीतिले नै हो भन्ने उनीहरूले भेउ पाउन थालेका छन् । नेपालको सन्दर्भमा कपाल फुलेकाले मात्रै राजनीति गर्ने हो भन्ने उनीहरूको बुझाइ थियो÷छ । त्यही बुझाइले युवा राजनीतिप्रति आकर्षित भएनन् । परिस्थिति परिवर्तन भएको छ । सबैभन्दा बलशाली नीति भनेकै राजनीति हो भनेर उनीहरूले बुझ्न थालेका छन् । राजनीति ठीक नभएकाले हामीले गरेको संघर्षले भने/चाहेजस्तो उपलब्धि गर्न सकिएन भनेर बुझ्न थाले । त्यही भएर विभिन्न पेसा÷व्यवसायमा संलग्न युवाको राजनीतिप्रतिको बुझाइ परिवर्तन भएको हो । 

राजनीतिप्रति युवाको मनोविज्ञान बुझेका ३१ वर्षीय रहवर अन्सारी भने व्यक्तिगत वृत्तिविकासभन्दा टाढा रहेर राजनीतिमा ‘करिअर’ खोजिरहेका छन् । राजनीति भनेको समाजसेवा हो भनेर बुझेका अन्सारीले स्थानीय तह निर्वाचनअन्तर्गत माओवादी केन्द्रबाट वीरगन्ज महानगरपालिकाको उम्मेदवारी दिए । मेयरमा अर्कैले बाजी मारे पनि आफूले पाएको सम्मानजनक मतप्रति उनी कम्ती खुसी छैनन् । 

‘युवा पुस्ताले परिवर्तन चाहेका छन् । मुलुकमा विभिन्न समयमा विभिन्न राजनीतिक परिवर्तन भए पनि विकास र समृद्धिमा अवरोध आयो,’ काठमाडौंको कमलपोखरीमा रहेको सिटी सेन्टरको टप फ्लोरमा कुराकानीक्रममा उनले खुसी व्यक्त गरे, ‘उनीहरूले कारण खोज्न थालेका छन् । समाधानका लागि भूमिका खोज्न थालेका छन् ।’

सेन्ट्रल युरोपियन विश्वविद्यालयबाट पब्लिक पोलिसी गभर्नेन्समा स्नातकोत्तर गरेका अन्सारी केही समय चितवनको भरतपुर अस्पतालमा काम गरेका थिए । लामो समय जागिर गर्दिनँ भन्नेमा उनी पहिल्यै प्रस्ट थिए । प्रशासनिक भूमिकामा रहेर काम गरेपछि उनले नेपालीको स्वास्थ्य समस्याबारे नजिकबाट बुझ्ने मौका पाए । सुनाए, ‘अनि जागिर छाडें । त्यसपछि वीरगन्जमा गण्डक अस्पताल खोलें ।’

अस्पताल सञ्चालक रहँदा उनले स्थानीयस्तरमा स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्ने प्रयाससम्म गर्न सक्थे । सात वर्षदेखि माओवादी केन्द्रमा आबद्ध उनी त्यतिमा सीमित हुन चाहँदैनथे । मुलुकका विविध समस्या समाधान खोज्न चाहनेले ‘पोलिसी लेभल’ मा आउनैपथ्र्यो । लामो दौडमा निस्कन चाहेका उनले आफूलाई त्यही हिसाबले ढाल्दै लगे ।

युवाको मात्रै साथ सहयोगले चुनाव जितिँदैन भन्नेमा उनी प्रस्ट थिए । तर, अस्तिसम्म रहवर केही होइन भनिने उनी ‘सेलिब्रेटी’ बने । आफू ‘सेलिब्रेटी’ बन्नु भनेको मेरो राजनीतिक मुद्दा कमजोर रहेनछ भन्ने पनि त हो । 

‘पछिल्लो समय केन्द्रसँग मधेसीको दूरीमात्रै होइन तिक्ततासमेत बढेको छ,’ उनले प्रस्ट्याए, ‘त्यसको असर स्थानीय तह निर्वाचनमा रिफ्लेक्ट भयो । दूरी घटाउने काम युवा, पढेलेखेका वा राजनीतिक संस्कार भएकाले गर्नुपर्छ । म त्यही साहससहित पूर्णकालीन राजनीति गर्न लागेको हुँ ।’ 

पार्टीले वीरगन्ज महानगरपालिका मेयर उम्मेदवारका रूपमा रहवर अन्सारीलाई अघि सार्यो । अन्सारीले पहिलोपटक निर्वाचनमा उम्मेदवारी दिए । नयाँ जोगीले खरानी धेरै घस्ने प्रचलित उखानलाई टाढै राखेर उनले उम्मेदवारी दर्ता गराए । ‘त्यतिबेलाको मनोविज्ञान ?,’ उनले अतीत सम्झे, ‘युवा निराश छन् । पढेअनुसारको रोजगारी पाएका छैनन् । रहवर अन्सारी युवापुस्ताको प्रतिनिधि हुन् भनेर उनीहरूले स्वीकारेका छन् । भोलिका दिनमा हाम्रो समस्या नजिकबाट नियाल्ने उनै हुन् भनेर सचेत थिए । म उनीहरूको भरोसा पूरा गर्न दृढ रहन्छु भन्नेमा विश्वस्त थिएँ ।’ उनले युवाको साथ सहयोग पनि पाएकै हुन् । युवाको मात्रै साथ सहयोगले चुनाव जितिँदैन भन्नेमा उनी प्रस्ट थिए । तर, अस्तिसम्म रहवर केही होइन भनिने उनी ‘सेलिब्रेटी’ बने । आफू ‘सेलिब्रेटी’ बन्नु भनेको मेरो राजनीतिक मुद्दा कमजोर रहेनछ भन्ने पनि त हो । 

वीरगन्जका युवालाई उद्यमी बनाउन रहवर लोभिएका छन् । ‘वीरगन्जमा खुलेका कलकारखानालाई जनशक्ति चाहे पनि स्थानीय युवा बेरोजगार छन् । त्यसलाई जोड्ने पुलको काम गर्न सकिन्छ,’ भन्छन्, ‘कारण सीप नभएर हुन सक्छ । सीपमूलक तालिम गराएर उनीहरूलाई स्थानीय उद्योगलाई चाहिएको जनशक्ति पूर्ति गर्न सक्नु पनि त महत्वपूर्ण काम हो ।’

हिजोआज मत दान गरिँदैन । मत किनबेच हुन्छ । अनौठो होइन पनि । त्यतिमात्रै होइन, निर्वाचन प्रचार प्रसार त्यत्तिकै भड्किलो र खर्चिलो बनाइन्छ । अन्सारीले भड्किलो चुनावी प्रचार प्रचारको विरोध गरे । भोजभतेरमा विश्वास गरेनन् । ‘अबको राजनीति निष्ठाको हुनुपर्छ,’ उनले स्वीकारे, ‘मैले वडा कमिटीसम्बद्ध सदस्य परिचालन गरें । सामाजिक सञ्जाल प्रयोग गरियो । सञ्चारकर्मीले पनि सोचेभन्दा धेरै सहयोग गरे । त्यसो भएपछि लाखौं लाख खर्च गर्नै पर्दैन ।’ कतिपयले रहवरको प्रचार प्रसार नै भएन भने । चाहिने प्रचार भएको र मेयर उम्मेदवारका लागि तोकिएभन्दा बढी खर्च गर्नै नपरेको उनले बताए । चुनाव खर्चिलो/भड्किलो नबनाउन पनि शिक्षित र निष्ठाको राजनीति गर्नेको उपस्थिति हुनुपर्छ । नेतामात्रै होइन मतदाता सचेत बनाउन आवश्यक रहेको उनको बुझाइ छ । 

चुनाव कसरी जितिन्छ ? ‘चुनाव दुई÷तीन तरिकाले जितिन्छ । पहिलो, संगठन अपरिहार्य छ । संगठनको इतिहास हुनुपर्छ । दोस्रो, चुनावमा खटिने कार्यकर्ताको इमानदारीमा भर पर्छ । तेस्रो, उम्मेदवारको राजनीतिक मुद्दाले बलशाली हुनुपर्छ ।’ सम्बन्धित उम्मेदवारलाई ‘सेल’ गर्ने भनेको सम्बन्धित दलका कमिटी हुन् । कमिटीले वडावासीसँग भिजेर काम गरिरहेका हुन्छन् भन्नेमा उनी प्रस्ट छन् । 

नेता जनताको पहुँचमा रहन सक्ने हुनुपर्यो । विकसित देशका मेयर साइकल चढेर सहरका गल्लीगल्ली चहारिरहेका देखिन्छन् । हामीले ठाँट पार्नु किन ? उनी सुझाउँछन्, ‘नेता जनताको पहुँचमा हुनैपर्छ । अनि त्यत्तिकै सरल पनि ।’

वीरगन्ज महानगरपालिकामा १ लाख ८ हजार ५ सय १ मतदाता थिए । केही समयअघि सम्पन्न महानगरपालिका निर्वाचनको मतपरिणाम सार्वजनिकपछि रहवरको मनोविज्ञान कस्तो रह्यो ? ‘मतपरिणाम सार्वजनिकपछि नकारात्मक हुने कारण थिएन । सहर्ष स्वीकारें,’ स्वाभाविक लिँदै उनले भने, ‘तर, सम्बन्धित उम्मेदवारले निर्वाचन जिते वा हारेपछिको नीतिबारे प्रस्ट हुनुपर्छ । जित्दामात्रै होइन हारेपछि मैले गर्ने योजना अगाडि नै तय गरिसकेको थिएँ । त्यसो भएपछि विचलित हुनै परेन ।’ 

रहवरको अबको भूमिका के होला ? जिज्ञासा लाग्नु अस्वाभाविक होइन । ‘मेयर नभए पनि वीरगन्जमा मैले धेरै काम गर्न सक्छु,’ उनको दाबी छ, ‘युवा परिचालन पहिलो प्राथमिकता राखेको छु । उनीहरूलाई सहभागी गराएर चेतनामूलक कार्यक्रम गर्दै जाने योजना छ ।’

उनले भने, ‘हो, त्यहाँ मुद्दा छ । समस्या छन् । समस्या समाधानभन्दा राजनीतिलाई हतियार बनाइएको छ । तसर्थ, वास्तविक समस्यामा केन्द्रित हुनुपर्छ ।’ त्यसो गरिएन भने विकासमा अवरोध आउँछ । उनी प्रस्ट छन्, ‘विचार, अधिकार र विकासको लडाइँ सँगसँगै हुनुपर्छ ।’ 

वीरगन्जका युवालाई उद्यमी बनाउन रहवर लोभिएका छन् । ‘वीरगन्जमा खुलेका कलकारखानालाई जनशक्ति चाहे पनि स्थानीय युवा बेरोजगार छन् । त्यसलाई जोड्ने पुलको काम गर्न सकिन्छ,’ भन्छन्, ‘कारण सीप नभएर हुन सक्छ । सीपमूलक तालिम गराएर उनीहरूलाई स्थानीय उद्योगलाई चाहिएको जनशक्ति पूर्ति गर्न सक्नु पनि त महत्वपूर्ण काम हो ।’ यो काम गर्ने इच्छाशक्ति चाहिन्छ ।

मधेसमा सामाजिक समस्या धेरै छन् । पहिचान गरेर प्राथमिकताका आधारमा काम गर्ने उनीसँग योजना प्रस्ट छ । वैदेशिक रोजगारीमा जानेलाई सम्बोधन गर्दै काम गर्ने उनको सोच छ । ‘अपवादबाहेक वैदेशिक रोजगारीमा जाने अधिकांशका आर्थिक अवस्था उकासिएको छैन,’ उनलाई थाहा छ, ‘वैदेशिक रोजगारीमा जानेका धेरैजसो परिवार व्यर्थमा समय खेर फालिरहेका छन् । तिनीहरूलाई दृष्टिगत गर्दै सीपमूलक काममा सहभागी गराएर वैदेशिक रोजगारीमा रहेकालाई आर्थिक बोझबाट हल्का बनाउन सकिन्छ ।’ त्यतिमात्रै होइन, श्रीमतीले आयआर्जन गर्न थालेपछि रोजगारीमा गएकाले घरपरिवारसँगै बसेर मैले पनि त्यति नै आर्जन गर्न सक्छु भन्ने हिम्मत गर्लान् भन्नेमा विश्वस्त रहवर त्यसरी काम गर्ने योजनाबद्ध योजनामा छन् । 

मधेसी अधिकारबारे चर्को बहस गरिन्छ । मधेसका सर्वसाधारणले मधेसी अधिकारबारे कत्ति पनि बुझ्दैनन् । ‘यसलाई राजनीतिक मुद्दा बनाएर समाजलाई डाइभर्ट गरिएको छ,’ उनले भने, ‘हो, त्यहाँ मुद्दा छ । समस्या छन् । समस्या समाधानभन्दा राजनीतिलाई हतियार बनाइएको छ । तसर्थ, वास्तविक समस्यामा केन्द्रित हुनुपर्छ ।’ त्यसो गरिएन भने विकासमा अवरोध आउँछ । उनी प्रस्ट छन्, ‘विचार, अधिकार र विकासको लडाइँ सँगसँगै हुनुपर्छ ।’ 
 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ