
नयाँ राहदानी नबनाउन विभागको अनुरोध

राहदानी विभागले अत्यावश्यकबाहेक नयाँ मेसिन रिडेबल राहदानी (एमआरपी) नबनाउन अनुरोध गरेको छ ।
विभागले छिट्टै गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युतीय राहदानी ( ई–पासपोर्ट) जारी हुने भएकाले एमआरपी बनाएर घरमा नराख्न अनुरोध गरेको हो ।
विभागले सूचना जारी गर्दै तत्काल विदेश जान आवश्यक नभएका व्यक्तिहरुले पनि बहाल अवधि सकिन लागेका राहदानीको नविकरण गर्ने गरेको पाइएकाले सो कार्य नगर्न अनुरोध गरेको छ ।
राहदानी बहाल अवधि नसकिँदै नविकरण गर्नु पर्ने अवस्था नरहेको विभागले जानकारी गराएको छ । यस्तै, विभागले नविकरण नभए नयाँ बनाउनुपर्ने, म्याद सकिएपछि नयाँ बनाउँदा थप दस्तुर नलाग्ने र आवश्यक परेका जुनसुकै समयमा बनाउन सकिने समेत जानकारी दिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- March 26, 2021, 3:29 p.m. Bishnu sapkotaSahi ho
- 0 Reply