बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आइसल्याण्ड बन्यो विश्वकपमा छनौट हुने सबैभन्दा सानो देश

मङ्गलबार, २४ असोज २०७४, ०९ : ४४
मङ्गलबार, २४ असोज २०७४

लण्डन । अन्तिम खेलमा कोसोभोलाई पराजित गर्दै आइसल्याण्ड विश्वकप फुटबल प्रतियोगितामा छनौट हुने सबैभन्दा सानो देश बन्न सफल भएको छ ।

सन् २०१६ को युरो कप प्रतियोगिताको सेमिफाइनलिस्ट आइसल्याण्डको जनसंख्या मात्र ३ लाख ३५ हजार रहेको छ । १० लाखभन्दा कम जनसंख्या भएर विश्वकप खेल्ने आइसल्याण्ड अहिलेसम्म कै पहिलो टोली हो ।

सोमबार राती भएको खेलमा आइसल्याण्डलाई जीत दिलाउन एभर्टनका जिल्फी सिगर्डसन र बर्नलीका जोहनान गुडमुनसनले एक–एक गोल गरे ।

समूह आईमा रहेको आइसल्याण्ड १० खेलमध्ये ७ मा जित हासिल गर्दै विश्वकपमा स्थान पक्का गर्न सफल रह्यो ।

समूहकै अन्य खेलमा क्रोएसियाले युक्रेनलाई २–० गोलअन्तरले पराजित गर्दै प्लेअफ खेलमा आफ्नो स्थान पक्का गरेको छ ।

टर्की र फिनल्याण्ड आगामी विश्वकपमा छनौट हुनबाट वञ्चित बनेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप