शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो विवाहको तयारीमा करिश्मा, चाँडै नै तोकिनेछ मिति

बिहीबार, ०८ असार २०७४, १६ : ३०
बिहीबार, ०८ असार २०७४

बलिउडमा आफ्नो अभिनयबाट मानिसहरुको मन जित्न सफल नायिका करिश्मा कपुरले वास्तविक जीवनमा पनि कसैको मन जितिसकेकी छिन् र चाँडै नै कसैको बेहुली बन्नेछिन् । खबरका अनुसार करिश्माका प्रेमी संदीप चाँडै नै करिश्मालाई विवाहको लागि प्रस्ताव गर्नेछन् ।

सन्दीप र करिश्मा निकै लामो समयदेखि एक अर्कालाई डेट गरिरहेका थिए । पहिला त दुबै आफ्नो सम्बन्ध मिडियालाई लुकाउँथे तर केही समयदेखि हरेक ठाउँमा उनीहरु सँगै देखिन्छन् । करिश्माको परिवार पनि संदीपलाई निकै मन पराउने बताइएको छ ।

करिश्मालाई तीन बेडरुम फ्ल्याट उपहार दिनेछन् संदीपः

संदीप आफ्नी पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गर्दैछन् । मुद्दा अहिले कोर्टमा छ र अर्को सुनुवाई १९ जुलाईमा हुने बताइएको छ ।

संदीपले चाँडै नै करिश्मालाई जुहुमा तीन बेडरुमको फ्ल्याट उपहारस्वरुप दिँदै छन् भन्ने खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप