शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भ्वाइस कमान्ड मान्ने डिएफएसकेको ग्लोरी आई–अटो नेपाली बजारमा

बुधबार, ११ चैत २०७७, १५ : ०५
बुधबार, ११ चैत २०७७

काठमाडौं । विश्व प्रसिद्ध डिएफएसको नविन उत्पादन ग्लोरी आईअटो नेपाल भित्रिएको छ । भ्वाइस कमान्ड समेत मान्ने डिएफएसकेको उत्कृष्ट नयाँ मोडल आईअटो एसयुभीलाई नेपालका लागि डिएफएसकेको आधिकारिक वितरक कुजु नेपाल प्रालिले भित्र्याएको हो ।

बुधबार राजधानीमा एक भव्य समारोहका बीच कम्पनीले एड्भान्स सिरिजको ग्लोरी आईअटो सार्वजनिक गरेको छ । नयाँ मोडलको आईअटो एक इन्टेलिजेन्ट एसयूभी कार हो ।

यसअघि कम्पनीले ग्लोरी रिरिजकै ५६० र ५८० एसयूभी मोडललाई नेपाल भित्र्याएकोमा हाल सोही भेरियन्टको एड्भान्स मोडल आईअटो बजारमा ल्याएको हो ।

जुन कारमा अधिकतम फिचर्स भ्वाइस कमान्डबाट नियन्त्रित छन् । अर्थात्, गाडीमा उपलब्ध धेरै फिचर्स बोलेरै चलाउन सकिन्छ । मुख्यतः गाडी चलाउँदै गर्दा फोन डायल, रिसिभ गर्ने देखि म्यूजिक भिडियो अडियो कमान्ड गर्ने, कार कन्ट्रोल, भाइस नेभिगेसन, ब्लूटूथ कनेक्ट्रिभिटी लगायतका फङसनहरु भ्वाइस कमान्ड मार्फत नै चलाउन सकिने कम्पनीले जनाएको छ ।

त्यसो त ग्लोरी आईअटो ग्लोवल एनक्याप क्र्यास ट्ष्टमा फाइभ स्टार रेटिङ प्राप्त एसयूभी कार समेत हो ।

कम्पनीले ग्लोरी आईअटोलाई ७ सिटर इन्टेलिजेन्ट एसयूभीमा ल्याएको छ । भ्वाइस कमान्ड सुविधा समेत उपलब्ध रहेको आईअटो अन्य समान एसयूभीमा अझ बढि एड्भान्स र सुसम्पन्न रहेको कम्पनीले जनाएको छ ।

यसको अतिरिक्त कारमा सेफ्टी फिचर्समा ४ वटा एयरब्याग, इलेक्ट्रिक स्टेबिलिटी प्रोग्राम (इएसपी) सहित एबिएस, इबिडी तथा इबीएका साथमा ४ वटै चक्कामा डिस ब्रेक उपलब्ध गराइएको छ भने, कारमा हिल होल्ड कन्ट्रोल सिस्टम समेत उपलब्ध गराइएको छ ।

त्यस्तै, कारमा ३६० डिग्री क्यामरा र रियर पार्किङ सेन्सर समेत उपलब्ध गराइएको छ ।

१.५ लिटर टर्बो चार्जड् पेट्रोल इन्जिनमा उपलब्ध कार बहु लग्जरीयस् हुनुका साथै उच्च माइलेजका लागि समेत विश्व प्रसिद्ध रहेको कम्पनीको दाबी छ । जुन इन्जिनले अधिकतम १५० पीएसको पावर दिन्छ भने, २२० एनएम टर्क उत्सर्जन गर्ने क्षमता राख्छ । जुन अटोमेटिक गियरबक्समा उपलब्ध रहेको छ ।

ग्लोरी आईअटोको बजार मूल्य ८९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप