मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

धितोपत्र बजार : आज पनि ओरालो

सोमबार, २३ असोज २०७४, १७ : २४
सोमबार, २३ असोज २०७४

काठमाडौँ - धितोपत्र बजार आज पनि ओरालो लागेको छ । 

दशैँको लामो बिदापछि खुलेको बजार आइतबार ३२ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज बजार ८।१२ अंकले ओरालो लागेर एक हजार ५०१ बिन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १।५३ अंकले घटेको छ । आज अन्य समूहबाहेक अरु सबै समूहका शेयर ओरालो लागेको छ । कूल १५२ कम्पनीको छ लाख ४३ हजार पाँच कित्ता शेयर रु ३१ करोड ६८ लाख छ हजार ७५८ मूल्यमा कारोबार भएको छ । 

स्टकका अनुसार आज अन्य समूहको शेयर कारोबारमा भने ४।९२ बिन्दूले बढोत्तरी भएको छ । बैंकिङ नौ, व्यापार ३।०४, होटल १।६, विकास बैंक १२।६३, जलविद्युत् ६।२९, बीमा ४७।२७ र वित्त क्षेत्र ८।१४ बिन्दूले घटेको छ । 

राजनीतिक उतारचढाव रहेका कारण बजार ओरालो लागेको छ । नेपाल धितोपत्र बोर्डले भने धैर्यतापूर्वक रहन र अनावश्यक टिप्पणीमा नअल्झन लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डले एक सूचनामार्फत बजारलाई प्रभावित पार्ने प्रवृत्तिसँग सतर्क रहन आग्रह गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप