सिभिल बैंकको नगदरहित अभियान धनगढीको कृषिउपज हाट बजारमा
धनगढी । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न ब्यासीहरुलाई क्युआर कोड वितरण गरेको छ । उक्त बजारका विभिन्न व्यापारीहरूलाई सिभिल बैंकको क्युआर कोड वितरण गरि नगदरहित अभियानलाई प्रोत्साहन गरेको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवासचन्द्र घिमिरे,उक्त बजार व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर चन्द, सिभिल बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख दिपक जोशी, शाखा प्रबन्धक संजोग भट्ट लगायत सो क्षेत्रका व्यवसायीहरु, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
सो कार्यक्रमको उद्घाटनमा बोल्दै प्रमुख अतिथि सुवासचन्द्र घिमिरेले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशिने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरिहार्य कुरा भएको बताए । साथै नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्ने पनि उनले बताए ।
बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युतीय प्रणालीमार्फत विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न व्यापार व्यवसायहरूमा क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने कुरा बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख दिपक जोशीले बताए ।
करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखा तथा ७ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ८१ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ७५ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाका प्रहरी कार्यालय लहानका डीएसपी फेरिए, हिरेन्द्र रोकायालाई जिम्मेवारी
-
प्रधानमन्त्रीको प्रश्न: नयाँ राजनीतिक दलहरू क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएकाहरूको पछि किन लाग्नुहुन्छ ?
-
बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु
-
पाकिस्तानी सेना प्रमुखमाथि किन प्रतिबन्ध लगाउँदैछ अमेरिका ?
-
सरकारको निर्णयविरूद्ध सर्वोच्च गए कुलमान
-
२८ सचिवको दरबन्दी काट्न सुझाव