स्वास्थ्य सेवा तर्फ ११ औँ तहमा ७ जना बढुवा सिफारिस
बिहीबार, ०५ चैत २०७७, ११ : २९
![स्वास्थ्य सेवा तर्फ ११ औँ तहमा ७ जना बढुवा सिफारिस](https://rpcdn.ratopati.com/media/albums/health-ministry--swasthya-m_RHv84RB7de.jpg)
काठमाडौं— सरकारले स्वास्थ्य सेवा अन्तर्गतका ७ जनालाई बढुवाको सिफारिस गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले विभिन्न समुह, उपसमूहको अधिकृत गरि ७ जनालाई बढुवाको सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेहरूमा गाइने अब्स तर्फका डाक्टर राजेश अधिकारी, डा.सुनिल मणि पोखरेल, प.हे.ए तर्फका प्रमुख जनस्वास्थ्य प्रशासक डा.प्रकाश प्रसाद साह, जनस्वास्थ्य प्रशासक डा.रोशन न्यौपाने, डा.पवनजंग रायमाझी, हेल्थ इन्सपेक्सन तर्फ केशवराज पण्डित र विजय कुमार झा रहेका छन् ।
जनरल नर्सिङ समूहतर्फ प्रमुख अस्पताल नर्सिङ प्रशासनमा बढुवा गर्ने भनिएपनि सेवा सर्त पूरा नभएपछि नगरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गुटलाई नेपालमा फोहोरी खेल बनाइयो’
-
व्यावसायिक कागतीखेतीमा रमाएका प्रतीक
-
अमेरिकामा अर्को विमान दुर्घटना, विमानस्थलमै दुई विमान ठोक्किए
-
हमासले बन्दीको रिहाइ रोक्ने बताएपछि ट्रम्पले दिए कडा चेतावनी
-
प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पाण्डे
-
जग्गा भोगाधिकारमा अड्किँदा चार वर्षदेखि कृषि उपज केन्द्र अलपत्र