शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

म विवेक ओबरोय होइन, सलमानले मलाई हल्का रुपमा नलिउन्ः जुबैर खान

सोमबार, २३ असोज २०७४, १६ : ०६
सोमबार, २३ असोज २०७४

बिग बस ११ को घरबाट निकालिएका प्रतिस्पर्धी जुबैर खानले आफू विवेक ओबरोय नभएको र कार्यक्रमका प्रस्तोताले आफ्नो बेइज्जती गरेकोमा कानूनी लडाईं लड्ने चेतावनी दिएका छन् ।

जुबैर खान अक्टोबर ८ तारिखमा एन्टोप हिल पुलिस स्टेशनमा रिपोर्ट दर्ता गराउन जाँदा उनलाई उक्त मुद्दा लोनावाला पुलिस स्टेशनको अधिकार क्षेत्रभित्र पर्ने भन्दौ त्यहाँ ऊजुरी दर्ता गर्न सुझाइयो । जुबैर सोमबार लोनावाला पुलिस स्टेशन जाने सम्भावना छ ।

एन्टोप हिल पुलिस स्टेशनको तर्फबाट जुबेरलाई लोनावाल स्टेशन गएर मुद्दा दर्ता गराउन लिखित पनि दिइयो । उक्त लिखित निवेदनमा सलमानले उनलाई ‘तँलाई कुकुर बनाउँछु, तँ बाहिर निस्कि, तँलाई छोड्दिनँ’ भनी उल्लेख गरिएको छ ।

जुबैरले मिडियासँगको कुराकानीमा आफ्नो रोष व्यक्त गरे । जुबेरले भने, ‘सलमानलाई मानिसहरुको बेइज्जत गर्न निकै शौख छ तर म विवेक ओबरोय वा एजाज खान होइन, म यसलाई हल्का रुपमा जान दिन्नँ ।’

जुबैर खानले सलमान र कार्यक्रमलाई देखाउने च्यानलले आफ्नो छवी बिगारेको पनि बताएका छन् । जुबेर आफू ‘निर्देशक’ र ‘अण्डर कभर रिपोर्टर’ भएको दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप