गजलकार न्यौपानेको गजल संग्रह ‘निभेका शिखा’ विमोचित
नेपाली साहित्यकार विश्व संजालले विश्वभर छरिएर रहेका नेपालीभाषी साहित्यकारहरूलाई जोड्दै नेपाली साहित्यका विविध विधाका अग्रज प्रशिक्षकहरूद्वारा निरन्तर अभ्यास गराईरहेको छ।
यसकै निरन्तर स्वरुप डा. घनश्याम न्यौपाने परिश्रमीको गजल संग्रह ‘निभेका शिखा’ विमोचन भएको छ।
कार्यक्रम साहित्यकार भूँडिपुराण प्रकाशनका केशव पराजुलीको सभापतित्वमा र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा गजलकार बूँद राना, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसासका केन्द्रीय सल्लाहकार राधेश्याम लेकाली, साहित्यकार भुवन निस्तेज, गजलकार हुसेन खाँ, गजलकार टक गुरुंग र गजलकार तथा गजल चिन्तक देवी पन्थीको उपस्थिति रहेको थियो। वरिष्ठ अतिथि तथा वक्ताहरूले पुस्तकको विशेषता, गजलको चर्चा र नेपाली साहित्यका बारेमा चर्चा परिचर्चा गर्दै गजलकारलाई कृति सफलताको शुभकामना दिइएको थियो।
करिब चार घण्टा लामो जुम प्रविधिमा गरिएको विमोचन कार्यक्रममा विमोचन गरिएको पुस्तक ‘निभेका शिखा’बाट दुइ दर्जन बढी सर्जकले गजल बहरको लयमा वाचन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय दिवस मनाइयो
-
बाँदरको बन्ध्याकरणका लागि ऐन, कानुन बनाउन विज्ञको सुझाव
-
सरकारी खर्च मितव्ययी बनाउन सरकारले जारी गर्यो नयाँ मापदण्ड
-
सुनचाँदी पसलमा लुटपाटको योजना बनाएको आरोपमा चार जना पक्राउ
-
हातमा हतकडी र खुट्टामा सिक्री, यसरी गरिएको थियो अमेरिकाबाट भारतीयहरूलाई निर्वासित
-
गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न