मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा खत्री निर्वाचित

सोमबार, २३ असोज २०७४, ११ : ५२
सोमबार, २३ असोज २०७४

जाजरकोट – जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा एमाले र राप्रपाका साझा उम्मेदवार कर्णबहादुर खत्रीसहितको गठबन्धन विजयी भएको छ । खत्री काँग्रेस र माओवादी (केन्द्र)का साझा उम्मेदवार भद्रबहादुर वलीलाई ८३ मत अन्तरले पछि पार्दै विजयी बनेका हुन् ।

आइतबार भएको मतदानमा खत्रीको पक्षमा ३६७ मत परेको थियो भने वलीले २८४ मत प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा पनि कर्णकै प्यानलका शिवविक्रम हमाल विजयी बने । त्यस्तै उपाध्यक्षमा नरबहादुर थापा विजयी भए ।

महासचिवमा ईश्वरीबहादुर खत्री ,सचिवमा अमरबहादुर शाही, कोषाध्यक्षमा मोहन खड्का विजयी भए । त्यसैगरी खुल्ला सदस्यमा चक्रबहादुर थापा, मंगले बुढाथोकी, खिमबहादुर शाही र विष्णु वली विजयी भए । 

जनजाति सदस्यमा गणेशबहादुर थापा, महिला सदस्यमा बन्दना पुन, धनमाया खड्का र दलित सदस्यमा गणेशबहादुर कामी विजयी भएको उद्योग वाणिज्य संघ जाजरकोटले जनाएको छ । अपाङ्ग सदस्यमा यसअघिनै काँग्रेस, माओवादी केन्द्र गठबन्धनका भीमबहादुर खत्री निर्विरोध निवाचित भइसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप