बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बामगठबन्धको साइड इफेक्ट : प्रदेश नं.२ का संयोजक यादवले नयाँ शक्ति छाडे

सोमबार, २३ असोज २०७४, ११ : ४१
सोमबार, २३ असोज २०७४

धनुषा– बाम तालमेल पार्टीको मूल्यमान्यता विपरीत रहेको भन्दै नयाँ शक्ति पार्टीका एक प्रदेश संयोजकले राजीनामा दिएका छन् । 

नयाँ शक्ति पार्टी नेपालले पार्टीको मूल्यमान्यता विपरीत एमाले माओवादीसँग तालमेलसँगै एकताको प्रकृया अघि सारेपछि पार्टीका प्रदेश नं. २ का संयोजक डा.सुरेन्द्र यादवले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनले भने, ‘डा.बाबुराम भट्टराईले पार्टी खोल्दा नयाँ शक्ति नेपाल पार्टी देशको वैकल्पिक पार्टी रहेको बताएका थिए । मधेशको हकहितको लागि सदैव लड्ने प्रतिबद्धता गरेपछि म पार्टीमा गएको थिए । तर मधेशको हित नचाहने पार्टी एमालेसंगै पार्टी एकताको प्रक्रिया शुरु गरेपछि त्यस्तो पार्टीमा बस्ने कुरै भएन ।’ 

संयोजक डा. यादवले मधेश विरोधी पार्टीमा आफु नजाने र मधेशको हकहितको लागि सदैव संघर्षरत रहने रातोपाटीलाई बताए । 

डा. यादवले तत्काल कुनै पार्टीमा जाने विषयमा निर्णय नलिएको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप