आपसी तिक्तताका बीच प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता हुँदै
काठमाडौं । आपसी तिक्तता बढिरहेका बेला एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । सोमबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुन लागेको एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।
उनका अनुसार भेटमा महासचिव ईश्वर पोखरेलको पनि सहभागिता रहनेछ ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेयता ओली र नेता नेपालबीच भेटवार्ता भएको छैन । संसद विघटनविरुद्ध नेपाल पक्ष सडक संघर्षमै उत्रेको थियो । सर्वोच्च अदालतले संसद विघटन खारेज र नेकपा विवादमा ओली र प्रचण्ड नेतृत्वको नेकपालाई समेत मान्यता नदिएपछि एमाले र माओवादी पूर्ववत् अवस्थामै फर्किएका छन् ।
सर्वोच्चको फैसलाले एमाले व्युँतिएपनि ओलीले पार्टीका बहुमत सदस्यविनै बालुवाटारमा बैठक राखेर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर अन्यलाई दिएका छन् । त्यसको विरोधमा नेपाल पक्षले समानान्तर प्रदेश तथा विभागीय कमिटी गठन गरेका छन् । नेता नेपाल पक्षले ओलीले विधानविपरित गरेका यस्ता कार्य खारेज गर्नुपर्ने भन्दै ओलीले बोलाएको चैत ७ गतेको केन्द्रीय समिति बैठकमा नजाने बताउँदै आएका छन् ।
ओलीले पार्टीमा गरेको नियुक्ति र जिम्मेवारी हेरफेर विरुद्ध आइतबार मात्रै माधव नेपाल सहित वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुले निर्वाचन आयोगमा उजुरी दिएका छन् । उनीहरुले ओलीको निर्णय कार्यन्वयन नगर्न आयोगलाई आग्रह गरेका छन् ।
साथै आइतबार साँझ नै नेपाल सहितका ११ जना नेताहरुले ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जनको दिशामा लगेको तथा एमाले फुटको संघारमा पुर्याएको संगीन आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसरी हुन्छ साइबर अपराध ? यी हुन् राष्ट्र बैंकले पत्ता लगाएका रोचक तथ्यहरु
-
विदेशी सम्बन्धन प्राप्त कलेजलाई नियमन गर्न बनेको निर्देशिका संशोधनको गृहकार्य अगाडि बढाउने
-
बौद्ध विहार सङ्घ ललितपुरको नयाँ नेतृत्व चयन
-
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीको पहल
-
राष्ट्र बैंकले कमायो ५४ बैंक तथा वित्तीय संस्थाको भन्दा बढी नाफा
-
कुमार रम्तेललाई प्रहरीले काठमाडौँ ल्यायो, बयान गरिँदै