शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जर्मनीको शतप्रतिशत रेकर्ड कायम, इंग्ल्याण्डको निरश जीत

सोमबार, २३ असोज २०७४, १० : २२
सोमबार, २३ असोज २०७४

म्युनिख । अजरबैजानलाई ५–१ गोलअन्तरले पराजित गर्दै जर्मनीले विश्वकप छनौट अन्तरगत समूह सीमा आफ्नो शतप्रतिशत रेकर्ड कायम राखेको छ ।

यसअघि नै विश्वकपमा छनौट भइसकेको जर्मनीका लागि साल्केका मिडफिल्डर लियोन गोरेटज्काले खेलको आठौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, खेलको ३४ औँ मिनेटमा रामिल सेडाइभले अजरबैजानका लागि बराबरी गोल गरे । 

यसक्रममा जर्मनीका डिफेन्डर स्कोड्रान मुस्ताफी घाइते भएका थिए ।

खेलको दोस्रो हाफमा जर्मनीले सुधारिएको खेल प्रदर्शन गर्यो ।

खेलको ५४ औँ मिनेटमा सान्ड्रो वाग्नरले जर्मनीमा पुनः अग्रता दिलाए ।

त्यसपछि एन्टोनियो रुडिगर, गोरेटज्का र एमरे क्यानले एक–एक गोल थपेपछि जर्मनीले सहज जित निकाल्यो ।

समूह सीबाट अन्तिम खेलमा नर्वेसँग १–० ले पराजित भएपनि उत्तरी आयरल्याण्डले प्लेअफ खेल खेल्नेछ ।

उता, समूह एफमा इंग्ल्याण्डले पनि विश्वकप छनौटको यात्रा अपराजित रहँदै पूरा गरेको छ ।

यसअघि नै विश्वकप छनौट भइसकेको इंग्ल्याण्डले निकै निराशजनक खेल प्रदर्शन गरेको थियो ।

खेलको २७ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीबाट गरेको एक मात्र गोलको मद्दतले लिथुआनियालाई पराजित गर्यो ।

समूहबाट स्लोभाकियाले स्कटल्याण्डलाई गोलअन्तरको आधारमा पछि पार्दै प्लेअफ खेल खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप