साढे जुधेपछि झार माडिन्छ, सिङ फुक्लिन्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजन हुनुमा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष नै जिम्मेवार रहेको बताएका छन् । आइतबार प्राइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रचण्ड माधव पक्षकै कारण अहिलेको अवस्था आएको दावी समेत गरे ।
सर्वोच्च अदालतको फैसलापछि एमाले अध्यक्षको हैसियतले गरेका निर्णयहरु नसच्याउने पनि प्रस्ट पारेका छन् । माधव नेपाल र झलनाथ खनाल पक्षले ओलीले एकलौटी गुटको बैठक राखेर गरेका निर्णय खारेज गरे मात्रै चैत ७ को बैठकमा सहभागी जनाउने बताइरहेका बेला ओलीले त्यो निर्णय सच्याउन आफू तयार नभएको बताएका हुन् ।
‘महाधिवेशनले आयोजना गरिएको छ, केन्द्रीय कमिटी आयोजना गरिएको छ । त्यसले सच्याउँछ । केन्द्रीय समितिमा आउनुस् छलफल गरौ । ७ गतेको बैठकमा आउनुस्, बाहिर बाहिर डुक्रिएर, बाहिर बाहिर सिङगौरी खेलेर केही हुनेवाला छैन’,एमाले अध्यक्ष समेत रहेको ओलीको भनाई छ ।
उनले भने, ‘बैठकमा आउनुस्, वितण्डा गर्नु राम्रो हुँदैन । बाहिर अनेक प्रकारका तमासा बोली त्यो गरेर राम्रो हुँदैन ।’ ओलीले प्रचण्ड र नेपाल पक्षले देश र आन्दोलन विरुद्ध गल्ती गरेको दावी गर्दै गल्ती महशुस गर्नुपर्ने पनि बताए । ‘उहाँहरुले गल्ती महशुस गर्नुपर्छ । देशका विरुद्ध, आन्दोलनका विरुद्ध अपराध गर्नुभएको छ’, ओलीको आरोप छ ।
उनले संसद विघटन गर्नुभन्दा पहिल्यै माधव पक्षले आफूलाई छोडेर तमासा गरेको भन्दै प्रतिनिधि सभा विघटन गर्दैमा पार्टी फुटाउनुपर्ने बाध्यता नरहेको बताए ।
उनले मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाले संसद विघटन गर्दा पार्टी फुटेका थिए भनेर प्रश्न समेत गरे ।
अदालतलाई संविधान विपरीत लागेपनि आफूलाई संविधानसम्मत लागेर आफूले विघटन गरेको दावी गरे । ‘देशमा अन्योलको स्थिति किन आयो ? पार्टीमा अस्तव्यस्त किन आयो ? एकीकृत भैसकेको पार्टी किन अलग भयो ? उहाँहरुले बिथोल्दै जाँदा केके कुराहरु प्रकट भए ?’ भन्ने प्रश्न गर्दै भने, ‘साँढे जुध्न थालेपछि भुईँ भत्कन्छ, धुलो उड्छ । धुलो उड्दा उड्दै आफु थाक्छ, घाइते हुन्छ । सिङ फुक्लिन्छ, झार माडिन थाल्छ’, ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म