आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजु र शान्तिश्रीको लोकदोहोरी गीत ‘यानीमाया सुनीमाया...’

आइतबार, ०१ चैत २०७७, १६ : ५१
आइतबार, ०१ चैत २०७७

काठमाडौँ । गायक राजु परियार र शान्तिश्री परियारको स्वर रहेको लोक दोहोरी गीत ‘यानीमाया सुनीमाया...’ सार्वजनिक भएको छ । राजेन्द्र खत्रीको शब्द रहेको गतिमा संगीत राजुले गरेका हुन् । गीतको भिडियोमा सुनिल क्षेत्री र सारिका केसीको अभिनय देख्न सकिन्छ । भिडियो सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् । 

स्मिता स्नेहा इन्टरटेन्टमेन्टबाट सार्वजनिक गरिएको भिडियो म्याग्दी, बाग्लुङ र पर्बतका आसपासमा छायाँकन भएको हो । दुर्गा पौडेलको छायाँकन रहेको भिडियोमा नबिन घर्तीमगरको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप