शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२८ वर्षपछि इजिप्ट विश्वकपमा : सलाह बने नायक

सोमबार, २३ असोज २०७४, ०९ : ५१
सोमबार, २३ असोज २०७४

इजिप्ट । इन्जुरी समयमा पेनाल्टीबाट गोल गर्दै कङ्गोलाई २–१ गोलअन्तरले हराएर इजिप्टले सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलमा स्थान सुरक्षित गरेको छ ।

इजिप्ट सन् १९९० पछि पहिलो पटक तथा समग्रमा तेस्रो पटक विश्वकपका लागि छनौट भएको हो । 

इजिप्टका लागि लिभरपुलका स्ट्राइकर मोहमद सलाह नायक बने । जीतमा दुवै गोल उनले गरे ।

खेलमा इजिप्टले अग्रता लिएको थियो । तर, खेलको ८८ औँ मिनेटमा कङ्गोका आर्नोल्ड बोउका–मोउटोले गोल गर्दै खेल बराबरी गरेका थिए ।

तर, इन्जुरी समयको ९५ औँ मिनेटमा पाएको पेनाल्टीलाई सलाहले सजिलै गोलमा परिणत गर्दै गोल गरेपछि स्टेडियम र देशभरी खुसियाली छाएको थियो ।

पछिल्लो पटक विश्वकपमा छनौट भए पश्चातका तीन दशकमा इजिप्टले चार पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेपनि कहिल्यै त्यो फर्मलाई विश्वकप छनौटमा दोहोराउन सकेको थियो ।

सन् २००९ मा अल्जेरियासँग नमिठो हार बेहोर्दै विश्वकप खेल्नबाट बञ्चित भएको थियो ।

जीतसँगै इजिप्टले एक खेल बाँकी छँदा युगान्डामाथि ४ अंकको अग्रता बनाएको छ । योसँगै घानाको विश्वकप खेल्ने सपनामा पनि पूर्णविराम लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप