झुटा कुरा गरेर मेलमिलाप हुँदैनः नेता जोशी
आइतबार, ०१ चैत २०७७, १४ : २१
दमौली । नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले झूटा कुरा गरेर मेलमिलाप हुन नसक्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१२ गोल्लामा निर्मित बिपी विचार समाजको भवन आज उद्घाटन गर्दै नेता जोशीले कार्यकर्तालाई सम्मान गर्न नजानेसम्म मेलमिलापको अर्थ नरहने स्पष्ट पारे ।
“नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको टिकट दिँदा पनि कार्यकर्ताको के राय छ भनी बुझेर टिकट दिनुपर्छ”, अर्को प्रसङ्गमा पूर्वमन्त्री जोशीले भने, “त्यसो नगरी आफूले मनपरी गर्ने हो भने अहिलेका कार्यकर्ताले मान्ने अवस्था रहँदैन ।” नेता जोशीले अबको चुनावमा आफूले लड्ने तयारी गरेकाले सहयोग गर्न कार्यकर्तालाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ वर्षपछि मधेश प्रिमियर लिगको तेस्रो संस्करणको तयारी
-
बस दुर्घटनामा १२ जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : बीआरआई मस्यौदामा चीनको प्रतिक्रियाको पखाईदेखि कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देशसम्म
-
बीआरआईको विषयमा चीनको प्रतिक्रियाको पर्खाइमा नेपाल
-
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
-
दृष्टिविहिनहरुको टी–२० पुरुष विश्वकप क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश