मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आजः महान् वैज्ञानिक आइन्स्टाइन जन्मेको दिन

आइतबार, ०१ चैत २०७७, ०९ : ३७
आइतबार, ०१ चैत २०७७

आज १४ मार्च । आजकै दिन १४२ वर्ष अघि सन १८७९ मा जन्मेका थिए महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन । यी सैद्धान्तिक भौतिक वैज्ञानिक (theoretical physicist) ​नभएको भए विज्ञान त हुन्थ्यो तर त्यसको स्वरुप, त्यसको उँचाइ के कस्तो हुन्थ्यो, हामी त्यसको अनुमान लाउन सक्दैनौँ ।

१८ अप्रिल, १९५५ मा यस जगतबाट बिदा हुनुपूर्व विज्ञानका क्षेत्रमा उनले गरेका तमाम अध्ययन, अनुसन्धान, खोजले उनलाई विज्ञानका विभिन्न शाखामा कहिल्यै विस्मृत नहुने गरी स्थापित बनाइसकेको थियो । विज्ञान जगतका अनेकौँ खोज उनको मृत्यु पश्चात् भए । तर तीमध्ये धेरै खोज उनले प्रस्तुत गरेका सिद्धान्तमाथि टेकेर भए।

‘म प्रतिदिन यस कुराको प्रत्यक्ष अनुभव गर्छु, मेरो भित्री र बाहिरी जीवनको निर्माणमा अनगिन्ती मानिसका हात र मस्तिष्कको भूमिका एवम् सहयोग रहेको छ ।  यस अनुभूतिको उद्दीपनले मेरो अन्तःकरण सधैँ नै मलाई घचेटी रहेको हुन्छ । म कम्तिमा समाज र विश्वलाई यति त दिन सकौँ जति मैले यसबाट लिएको छ,’ आइन्स्टानको यो महावाणी अझै सान्दर्भिक छ । हामी सबैले आइन्स्टाइनको यस महावाणीलाई आत्मसात गर्न सके हाम्रो आफ्नो जीवन परिवर्तित हुनुका साथै शायद विश्व नै हामीले कल्पना गरेजस्तै सुन्दर शान्तभूमि बन्ने थियो ।

'Imagination is more important than knowledge. Knowledge is limited. Imagination encircles the world.'

‘कल्पना ज्ञान विज्ञानभन्दा पनि महत्त्वपूर्ण छ । ज्ञानको सधैँ सीमाना हुन्छ । कल्पना अनन्त ब्रह्माण्डको ढोका उघारी रहेको हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र

लेखक अध्यात्म र विज्ञानमा विशेष रुचि राख्छन् ।

लेखकबाट थप