ओलीको कदमको विरोधमा रहेको माधव नेपाल पक्षले बोलायो भेला

प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी ढंगले पार्टीमा जिम्मेवारी हेरफेर गरेपछि रुष्ट बनेको माधव नेपाल समूहले शनिबार केन्द्रीय समिति र सांसदहरुको भेला बोलाएको छ । भेलामा ओलीको कदमपछि कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गरी निष्कर्षमा पुगिने नेताहरुले बताएका छन् ।
शुक्रबार बैठक राखेर ओलीले नवौं महाधिवेशनबाट चुनिएका अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारीहरूको पद खारेज खारेज गर्नुका साथै जिम्मेवारी हेरफेर गरेका थिए । यस्तै माओवादीमा नफर्किएका रामबहादुर थापा बादल, मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरुलाई ओलीले केन्द्रीय कमिटीमा ल्याउनुका साथै जिम्मेवारी समेत दिएका छन् ।
ओलीको यो निर्णयपछि रुष्ट बनेको नेपाल समूहले चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ । ओलीले पार्टी फुटाउने उद्देश्यका साथ शुक्रबार कदम चालेको भन्दै नेपाल समूहले निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान समेत गरेको छ ।
एमाले नेता भीम रावलले अध्यक्ष ओलीले पार्टीको विधान विपरित स्वेच्छाचारी र मनपरी किसिमले निर्णय गरेकाले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदमविरुद्ध सबैलाई एकताबद्ध गरेर पार्टीको रक्षाका लागि अग्रसर हुने बताए ।
ओलीबाट कम्युनिष्ट आन्दोलनलाई धरासायी पार्ने काम भएको नेपाल पक्षको बुझाइ छ । बाधा अड्काउ फुकाउने नाममा अध्यक्षले विधान विपरित काम गर्न नमिल्ने रावलको तर्क छ । ओलीको पछिल्लो निर्णय अलोकतान्त्रिक र कम्युनिष्ट एकता विरोधी भएको उनको टिप्पणी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा विद्युत् प्राधिकरण : ७० अर्बको व्यापार, साढे ११ अर्ब नाफा
-
‘लाज शरणम्’को अहिलेसम्मको व्यवसाय कति ?
-
नेमकिपाको ८ औँ महाधिवेशन आजदेखि भक्तपुरमा
-
विधेयकमा सबै कुरा समावेश गर्न सकिँदैन : अञ्जान शाक्य
-
न्युजिल्यान्डविरुद्ध शुभमन गिलले भारतीय टोलीको कप्तानी गर्ने
-
त्रिविद्वारा स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी