सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

अनेमसंघको शनिबार वृहत् राष्ट्रिय महिला कार्यकर्ता भेला

शुक्रबार, २८ फागुन २०७७, १६ : १८
शुक्रबार, २८ फागुन २०७७

अखिल नेपाल महिला संघ (अनेमसंघ)ले १ सय ११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार बृहद राष्ट्रिय महिला कार्यकर्ता भेला गर्ने भएको छ । अनेमसंघले शुक्रबार पत्रकार सम्मेलन गरि भेलाबारे जानकारी गराएको हो । भेलामा मुलुकभरबाट दश हजार अगुवा महिला कार्यकर्ताहरु सहभागी हुने अपेक्षा अनेमसंघले लिएको छ । भेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । 

“संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौ” भन्ने मुल नाराका साथ गर्न लागिएको भेलाले महिला हक हित तथा समानता र हिंसा मुक्त समाज निर्माणका लागि विभिन्न ५ बुँदे घोषणा पत्र जारी गर्ने अनेम संघकी सचिव सुजिता शाक्यले जानकारी दिइन् । 
अनेमसंघको संयोजनमा साप्ताहिक रुपमा विभिन्न कार्यक्रम गरिनुको साथै यही फागुन २४ गते संघीय राजधानी काठमाडौँमा र्याली तथा सभा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप