एमाले-जसपा सत्ता सहकार्यबारे बैठक ‘सकारात्मक’ दिशातिर
नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको बैठक सकारात्मक बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको दुई पक्षीय बैठक सकारात्मक बनेको राजपा नेता लक्ष्मणलाल कर्णले रातोपाटीलाई जानकारी दिए ।
बैठकमा सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रममा घाइते तथा अपांगलाई उचित राहतको व्यवस्था, मुद्दा फिर्तालगायतका माग पूरा गरे सरकारमा सहभागी हुन तयार रहेको जसपा नेतहरुले धारणा राखेका थिए । तर विगतमा जस्तो कागजमा सहमति गरेर नभइ कार्यान्वयन भएपछि मात्र सत्ता सहकार्य गरेर अघि बढ्न सकिने आफूहरुले स्पष्ट कुरा राखेको कर्णले बताए ।
बैठकमा प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्न आफूहरु तयार रहेको भन्दै थप छलफल गरेर समग्र मागका विषयमा निष्कर्षमा पुग्न सकिने धारणा राखेका थिए । आजको बैठकमा ओली जसपा नेताहरुसँग निकै लचकताका साथ प्रस्तुत भएका थिए ।
यस्तै दुई पक्षबीच वार्ताका लागि थप एक जना कार्यदलमा थप गरेर ६ जना पुर्याइने पनि बताइएको छ । यसअघि जसपा अध्यक्ष महन्थ ठाकुरको अग्रसरतामा सत्ता सहकार्यका लागि एमालेसँग छुट्टै छलफल थालेकोमा बिहीबार उपेन्द्र यादवलगायतका नेताहरुसँग संयुक्त छलफल भएको हो ।
बैठकपछि प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले पनि छलफल सकारात्मक भएको र भोलिपनि बैठक बस्ने सहमति भएको बताए ।
बैठकमा जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुरसहित नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण सहभागी थिए भने एमालेको तर्फबाट प्रधानमन्त्री ओलीसहित नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेललगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायरलाई सफलता
-
लस एन्जेलसको अग्नि प्रभावित क्षेत्रमा राती कर्फ्यू
-
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका विभिन्न कानुन अनुमोदन गर्न सल्लाहकार परिषदद्वारा सिफारिस
-
द्विविधा नहोस् भन्दै परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक
-
१२ बजे, १२ समाचार : तीनवटा अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णयदेखि वर्तमान सरकार संकटमा परिसकेको भन्दै विपक्षी दलको दौडधूपसम्म
-
तीन अध्यादेश ल्याउने सरकारको निर्णय