‘नेफ्टा अवार्ड’मा राजेशदेखि सुरक्षासम्मको विशेष प्रस्तुति
काठमाडौंँ । ‘नेफ्टा अवार्ड’को १० औं संस्करण आगामी शनिबार काठमाडौंमा आयोजना हुँदैछ । कोभिड–१९ को कारण समयमा हुन नसकेको अवार्डको तयारी सकिएको आयोजक ड्रिम हाई नेपालले जनाएको छ ।
नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाई नेपालको संयुक्त आयोजनामा हुन लागेको अवार्डमा नयाँ तथा पुराना सबै प्रकारका कलाकारहरुको सहभागिता रहनेछ । जसका लागि बिदेशमा रहेका अभिनेत्री निरुता सिंह र विपना थापा अहिले नेपाल आएका छन् ।
एलआइसी नेफ्टा फिल्म अवार्ड’ नाम दिइएको यो अवार्ड उत्कृष्ट हुने इभेन्ट निर्देशक कमल जिसीले बताए ।
अवार्डमा राजेश हमालको विशेष प्रस्तुति र शोभित बस्नेत, सलोन बस्नेत, सुरक्षा पन्त, जेबिका कार्कीलगायत दर्जन बढी कलाकर्मीको प्रस्तुति रहनेछ ।
सन्दिप क्षेत्री, सञ्जोक बस्याल, माल्भिका सुब्बाको उद्घोषण रहने कार्यक्रम सोल्टी होटलमा भव्य समारोह बीच आयोजना हुँदैछ ।
३१ विधामा वितरण हुन लागेको अवार्डमा उत्कृष्ट अभिनेता तर्फ विपिन कार्की, बिनय श्रेष्ठ, खगेन्द्र लामिछाने र अनमोल केसीको प्रतिस्पर्धा रहेको छ, भने अभिनेत्री तर्फ नम्रता श्रेष्ठ, सृष्टि श्रेष्ठ, मेनुका प्रधान, पूजा शर्मा र दीपिका प्रसाई मनोनयनमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान
-
चिसोले सर्लाहीको जनजीवन कष्टकर
-
नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने
-
कप्तान इन्दुको अलराउन्ड प्रदर्शनसामु निरीह बन्यो सुदूरपश्चिम
-
बीपी–गिरिजालाई जन्माउने दिव्या कोइरालाको संघर्षको कथा
-
विपद् पूर्वतयारी गर्दा स्वास्थ्यका कार्यक्रमलाई पनि सँगै अघि बढाउनुपर्छ : सरोकारवाला