बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महाशिवरात्री : पशुपतिनाथमा यस्तो देखियो रमझम (फोटोफिचर)

बिहीबार, २७ फागुन २०७७, ११ : १६
बिहीबार, २७ फागुन २०७७

महाशिवरात्रीका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।  भक्तजनहरु पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शन गरिरहेका छन् भने धेरैले दर्शन गरिसकेका छन् ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइन्छ । पशुपति मन्दिर परिसरमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो देखिन्छ उनीहरु भगवानको दर्शनका साथै भजन, किर्तन र नाँचगानमा रमाइरहेका देखिन्छन् ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप