शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुगडले खोल्यो टेकुमा महिन्द्राको नयाँ शोरुम

आइतबार, २२ असोज २०७४, १८ : २२
आइतबार, २२ असोज २०७४

काठमाडौं – नेपालका लागि महिन्द्रा कर्मसियल भेहिकल्सको आधिकारिक विक्रेता दुगड ब्रदर्श एण्ड सन्स्ले काठमाडौँको टेकुमा नयाँ शोरुम सञ्चालनमा  ल्याएको छ ।


शोरुमको उद्घाटन यहि अशोज ३ गते महिन्द्रा एण्ड महिन्द्रा  इन्टरनेसनलका अप्रेसन प्रमुख  अरविन्द्र माथेयु, इन्टरनेसनल अप्रेसन साउथ एसियाका उपाध्यक्ष  सन्जिव जादव, दुगड व्रदर्श एण्ड सन्सका अध्यक्ष विवेक दुगड र कन्ट्रि म्यानेजर चैतन्य कगलकारले  संयुक्त  रुपमा गरेका हुन् । 


महिन्द्रा  गाडी किन्न चाहने ग्राहकका लागि सजिलो होस भनेर काठमाडौँको मुख्य स्थान टेकुमा नयाँ शोेरुम खोलिएको कम्पनीले जनाएको छ । नयाँ शोरुममा महिन्द्राका साना कर्मसियल भेहिकल्सहरु जस्तै सुप्रो भ्यान, जितो र म्याक्सिमो लगायतका  गाडीहरु उपलब्ध हुने  बताइएको छ । शोरुम ८ सय  ५० स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ ।

नेपालमा दुगड व्रदर्शले विगत २० बर्षदेखि  महिन्द्रा गाडीको कारोवार गर्दै आइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप