आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

माओवादीले गठन गर्‍यो चार सदस्यीय कार्यदल

बुधबार, २६ फागुन २०७७, १३ : २१
बुधबार, २६ फागुन २०७७

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न पार्टीका नेताहरुसँग भएको छलफलबारे स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन् ।  मंगलबारको निर्णयअनुसार पार्टीले संसद, सरकार र राजनीतिक विषयमा विभिन्न पार्टीहरूसँग गर्ने छलफल अनुसार अध्यक्षले गरेको छलफलबारे बैठकमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

प्रचण्डले मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेता डा.बाबुराम भट्टराईसँग वार्ता गरेका थिए ।  त्यस्तै बुधबारको बैठकमा चैत्र १ गते बस्ने केन्द्रीय समिति बैठक र २ गते हुने भेला प्रशिक्षणमा सहभागी हुने नेता कार्यकर्ताको मापदण्ड तय गरेको छ । 

त्यस्तै बैठकले संगठनलाई मूर्त रुप दिन चार सदस्यीय कार्यदल गठन गरेको छ ।  कार्यदलमा लीलामणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जनार्दन शर्मा रहेका छन् ।  प्रवक्ता श्रेष्ठले सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता गर्न कुनै ज्योतिषीले मिति नदिएको भन्दै त्यसबारे पार्टीले निर्णय पछि गर्ने जानकारी दिए ।  त्यस्तै माओवादी केन्द्रले यो संसद अबको २ वर्ष टिक्नुपर्ने भन्दै अन्य दलसँगको छलफल जारी राखेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप