शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा थप २३१ संक्रमितको मृत्यु, ५ हजार बढी संक्रमित

बुधबार, २६ फागुन २०७७, ०८ : ०३
बुधबार, २६ फागुन २०७७

 

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप २३१ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको  छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २४ हजार ७९७  छ ।

यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा थप ५,७६६ जना नयाँ संक्रमित थपिएका छन् । विगतका केहि दिनहरुमा दैनिक संक्रमितको संख्यामा पाँच हजारको हाराहारीमा रहँदै आएको छ ।

थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमित संख्या ४२ लाख २८ हजार ९९८ पुगेको छ ।

 बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या हाल ९ हजार ४१८ रहेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ३५६  रहेको छ । हालसम्म कोरोना संक्रमणका कारण बेलायतका अस्पतालमा ४ लाख ४७ हजार ३९७ जना भर्ना भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

दुई करोड ३७ लाख बढी खोप वितरण

आइतबारसम्मको तथ्याँक अनुसार बेलायतमा कोरोना विरुद्धको पहिलो र दोस्रो  डोज गरि दुई करोड ३७ लाख भन्दा बढी खोप वितरण भैसकेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ को तथ्यांकमा उल्लेख छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड २५ लाख ९२ हजार ५२८ जनाले खोपको पहिलो डोज लिएका छन् । यसैगरी ११ लाख ८१  हजार ४३१ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप