सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायी मनोज भेटवालसहित ६ जना पक्राउ

मङ्गलबार, २५ फागुन २०७७, २२ : ०३
मङ्गलबार, २५ फागुन २०७७

काठमाडौं । पुरानो बसपार्कमा ‘काठमाडौं भ्यु टावर’ निर्माण गरिरहेका व्यवसायी मनोज भेटवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगले मंगलबार भेटवालसहित ६ जनालाई पक्राउ गरेको हो ।

तत्कालीन रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा इनोभेटिभ कन्सेप्ट प्रा.लिका संचालक मनोज भेटवाल सहित ऋणी भैरव प्रसाद भेटवाल र रविन लामालाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।

पक्राउ पर्नेमा सो बैंकका तत्कालिन संचालक बसन्त मल्ल, बरिष्ठ प्रबन्धक विकास श्रेष्ठ र प्रबन्ध संचालक मकुवनलाल श्रेष्ठ छन् । उनिहरुलाई पक्राउ गरेर विशेष अदालतमा पेश गरिएको प्रवक्ता रिसालले बताएका छन् ।

आयोगले सो घोटाला प्रकरणमा विशेष अदालतमा ११ वटा मुद्दा दायर गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप