शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टुँडीखेलबाट उडेको सेनाको प्याराग्लाइडिङ पद्मोदयमा दुर्घटना

मङ्गलबार, २५ फागुन २०७७, १३ : ०१
मङ्गलबार, २५ फागुन २०७७

काठमाडौं । सेना दिवसका लागी सैन्य अभ्यासको तयारी गर्ने क्रममा काठमाडौंको प्रदर्शनीमार्गमा सेनाको प्याराग्लाइडिङ दुर्घटना भएको छ ।

सैन्य अभ्यासका क्रममा ३ वटा प्याराग्लाइडिङ ल्याण्ड हुनुपर्ने बिन्दुभन्दा बहिर  पद्मोदय मोडमा खसेको हो । प्याराग्लाइडिङमा सवार तीनजना सैनिकलाई नेपाली सेनाको एम्बुलेन्स मार्फत अस्पताल पठाइएको छ ।

तीन जना सैनिकको अवस्था सामान्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हावाको गतिका कारण टुँडीखेलमा ल्याण्ड हुनुपर्ने प्याराग्लाइडिङ फरक ठाउँमा ठाउँमा ल्याण्ड भएको बताइएको छ ।

सेना दिवसको दिन सैनिक कला देखाउनका लागि नेपाली सेनाले टुँडीखेलमा अभ्यास गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप