शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारलाई दिएको समर्थनबारे छलफल गर्न माओवादीले बोलायो बैठक

माओवादी मन्त्रीहरु नजाने
मङ्गलबार, २५ फागुन २०७७, १२ : १५
मङ्गलबार, २५ फागुन २०७७

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाएको नेताहरुले बताएका छन् । बैठकमा स्थायी समिति सदस्यहरुलाई उपस्थित हुन खवर गरिएको छ । बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने-नलिने बारे छलफल हुने स्रोतले जनाएको छ । सर्वोच्च अदालतले पूर्व एमाले र माओवादी केन्द्र मिलेर बनाएको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र पूर्व अवस्थामै फर्किएसँगै अलग–अलग गतिविधि हुन थालेका हुन् ।

माओवादी केन्द्रको स्थायी समिति १९ सदस्यीय रहेको छ । पूर्व माओवादीका तर्फबाट मन्त्री बनेका मणि थापा, रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका नेताहरु भने प्रचण्डले बोलाएको स्थायी समिति बैठकमा सहभागी नहुने भएका छन् ।

‘आजको बैठकमा हामी जाने सम्भावना छैन’, रायमाझीले रातोपाटीसँग भने, ‘अब कसरी बढ्ने पूर्व माओवादीमा फर्कने वा के गर्ने भन्ने हामी छलफल गर्दैछौ । निर्णयमा पुगि नसकेकाले यसै हुन्छ भन्न सक्ने अवस्था छैन ।’ खानेपानी मन्त्री बनेका मणि थापाले आफु एमालेमै रहने बताइसकेका छन् ।

अबदेखि एमालेले आफ्ना गतिविधि धुम्बाराहीस्थित कार्यालयबाट गर्ने भएको छ भने माओवादीले कोटेश्वरस्थित पेरिसडाँडाबाट सञ्चालन गर्ने भएको छ । धुम्बाराहीमा मंगलबार नेकपाको बोर्ड फेरेर एमालेको बोर्ड राखिसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप