शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ईशा देओलले सुनाइन् आफ्नो विवाहको भावुक किस्साः भनिन्, ‘विदाइपछि फोन गरेर असाध्यै रुनुभयो आमा’

मङ्गलबार, २५ फागुन २०७७, १२ : १४
मङ्गलबार, २५ फागुन २०७७

हेमा मालिनी हालै ‘इन्डियन आइडल १२’ को हिस्सा बनिन् । उनलाई हेमा मालिनी स्पेशल एपिसोडमा पाहुनाको रुपमा बोलाइएको थियो । यतिबेला एक पल यस्तो आयो जब ड्रीम गर्ल भनिने हेमाको आँखामा आँसु आयो । वास्तवमा, इन्डियन आइडलका निर्माताले हेमाकी जेठी छोरी ईशा देओलसँग आफ्नी आमाका लागि एउटा विशेष मेसेड रेकर्ड गराएको थियो जुन हेरेर हेमाले आफ्नो आँसु रोक्न सकिनन् ।

भिडियोमा ईशा हेमाका लागि भन्छिन्, ‘विवाहपश्चात् विदाइको पल मेरा लागि निकै गाह्रो थियो । त्यतिबेला मेरी आमा निकै स्ट्रङ्ग थिइन् । तर जब म गएँ तब फोन आयो र उहाँ बेस्सरी रोइरहनुभएको थियो । म यतिमात्र भन्न चाहन्छु कि आज म जे छु – ईशा देओल, त्यो तपाईंको कारण छु । म तपाईंलाई सम्मान गर्छु । आइ लभ यू ।’

भावुक भइन् हेमाः

ईशाको मेसेज देखेर हेमा भावुक भइन् । ईशा र अहाना दुबै मेरा निकै प्यारा सन्तान हुन् । उनीहरु सधैं मेरो साथमा छन् । विवाहपछि यस्तो लाग्छ कि उनीहरुले मेरा लागि दुई छोरा लिएर आएका छन् । भरत र वैभव मेरा ज्वाईं होइनन्, छोराहरु हुन् । यो सबै धरम जीका कारण सम्भव हुन सकेको हो ।’

सन् २०१४ मा अहानाको विवाहः

मिडियाबाट टाढै बस्ने अहाना देओलले सन् २०१४ मा वैभव वोहरासँग विवाह गरिन् । उनी एक व्यापारी हुन् । सन् २०१४ मा अहाना र वैभवले एक छोरा डेरियनलाई जन्म दिएका थिए ।

सन् २०१२ मा ईशाले गरेकी थिइन् विवाहः

धर्मेन्द्र र हेमा मालिनीकी जेठी छोरी ईशा देओल पनि दुई छोरीका आमा हुन् । उनले सन् २०१२ मा व्यापारी भरत तख्तानीसँग विवाह गरेकी थिइन् । ईशाले सन् २०१७ को अक्टोबरमा जेठी छोरी राध्या र जून २०१९ मा कान्छी छोरी मिरायालाई जन्म दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप