शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हामी माओवादीमा फर्कन्नौँ : मन्त्री थापा

मङ्गलबार, २५ फागुन २०७७, १२ : ११
मङ्गलबार, २५ फागुन २०७७

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आन्तरिक राजनीतिमा पूर्व माओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि गठबन्धन अप्रत्यासित बन्यो । यसै गठबन्धनमा पुग्नुभएका मणिचन्द्र थापा अहिले खानेपानी तथा सरसफाइ मन्त्री छन् । संघीय संसदको सांसद समेत नरहनु भएका मन्त्री थापा आफ्नो राजनीतिक भविष्य केपी ओली नेतृत्वको समूहबाट अगाडी बढाउने निष्कर्षमा पुगेका छन् । सर्वोच्च अदालतको पछिल्लो निर्णयबाट नेपाली राजनीतिको मोड फरक दिशामा जाने देखिन्छ ।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नेता तथा मन्त्री मणिचन्द्र थापाले नेपालको राजनीति केपी ओलीको नेतृत्वबाट नै अगाडी बढ्न सम्भव रहेको बताएका छन् । राष्ट्रवाद, देश विकास र स्थायित्व प्रधानमन्त्री ओलीबाट मात्र सम्भव भएकोले पूर्व माओवादीबाट ओली पक्षमा आएका नेताहरु माओवादी पार्टीमा नफर्किने पनि बताए । कुराकानीको क्रममा अबको राजनैतिक निकास निर्वाचनबाट मात्र सम्भव भएकोले देश निर्वाचनमा जानुपर्ने बताए । राजनैतिक दलहरु सरकार फेरबदल गर्ने गठबन्धन बनाउने भन्दापनि निर्वाचनको लागि तयार हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप