अनमोल र सुहानाको ‘ए मेरो हजुर–४’ १८ भदौमा
मङ्गलबार, २५ फागुन २०७७, १० : ३७
काठमाडौँ । फिल्म ‘ए मेरो हजुर–४’ नयाँ वर्षको १८ भदौमा प्रदर्शनमा आउने भएको छ । निर्माता तथा निर्देशक झरना थापाले १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति बाहिर ल्याएकी हुन् ।
अनमोल केसी, सलोन बस्नेत तथा सुहाना थापाको मुख्य भूमिका रहेको फिल्मको फष्टलुकमा अनमोल र सुहाना रोमान्टिक मुडमा देखिएका छन् । आशिष अविरल, प्रतीक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायाँकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म सुनिलकुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको हो ।
फिल्मका प्रस्तुतकर्ता सुनिल कुमार थापा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा