बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

मङ्गलबार, २५ फागुन २०७७, ०६ : ४३
मङ्गलबार, २५ फागुन २०७७

काठमाडौँ ।  नेपाल प्रहरी सङ्गठनको प्रदेश र सङ्घीय समायोजनसम्बन्धी प्रक्रिया सुरु भएको छ ।

प्रहरी प्रधान कार्यालयले आगामी  चैतबाट  कार्यान्वयनमा  ल्याउने  गरी प्रहरी समायोजन गृहकार्य सुरु गरेको हो ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले विभिन्न कारणले  अवरुद्ध  प्रहरी  समायोजनका  लागि कानुनी तथा प्राविधिक रूपमा यसअघि नै बाटो खुला  भइसकेकाले  समायोजन  प्रक्रिया  अब नलम्बिने बताए ।

“समायोजनको सुरुवाती चरणमा जनशक्ति समायोजन हुनेछ । यस सम्बन्धमा गृहकार्य सुरु भइसकेको  छ”,  उनले  भने,  “त्यसपछि अन्य  प्रक्रिया  चरणबद्ध  हुनेछन् ।

सरकारले यसअघि  प्रतिनिधि  सभा  विघटन  गरी  निर्वाचन घोषणा  गरेसँगै  समायोजन  प्रक्रिया  रोकिएको थियाे ।  सर्वोच्च  अदालतबाट  प्रतिनिधि  सभा विघटनको   निर्णय   बदर   भएसँगै   निर्वाचन सुरक्षामा  जुटेको  प्रहरी  समायोजन  तयारीमा फर्किएको हो ।” 

सरकारले   यसअघि मङ्सिरमा   प्रहरी समायोजनसम्बन्धी  सङ्गठन  तथा  व्यवस्थापन सर्वेक्षण स्वीकृत   र  समायोजनसम्बन्धी विधेयक  एक  वर्षअघि  नै  स्वीकृत  गरिसकेको छ ।   सर्वेक्षणले   केन्द्र   (सङ्घ)मा   प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक  (डीआईजी)को  नेतृत्वमा  प्रहरी रहने व्यवस्था गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप