शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

योगी आदित्यनाथले फेरि दिए नेपालबारे विवादास्पद अभिव्यक्ति

सोमबार, २४ फागुन २०७७, २० : ४६
सोमबार, २४ फागुन २०७७

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका बारेमा फेरि एक पटक विवादास्पद अभिव्यक्ति दिएका छन् ।
सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लखनउमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई जोडेर विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

उनले समाजका सबै वर्गलाई साथ लिएर नहिँडेको अवस्थामा नेपालमा माओवादजस्तै एउटा विकृत रुप देखा पर्ने टिप्पणी गरेका हुन् ।
उनले भने, ‘समाजमा जहिले पनि आफ्ना माथि भेदभाव गरिन्छ, त्यसको एउटा विकृत रुप देखा पर्छ, जो नेपालमा माओवादका रुपमा देखा परेको थियो ।’

उनले भारतका थारु समुदायका बारेमा चर्चा गर्दै भने, ‘थारु समुदाय स्वतन्त्रतापछि पनि शासनको सुविधाबाट वञ्चित थियो, भारतमा रहेका यो समुदायसम्म केन्द्र र प्रदेश सरकारका योजना पुग्न थालेपछि उनीहरु राष्ट्रको मुख्य धारासँग जोडिएर आफ्नो योगदान गर्न थाले ।’

तर त्यही समुदाय नेपालमा माओवादी बनेको र नेपालको व्यवस्थालाई तहस नहस बनाएको देखिएको उनले बताए ।
यसअघि उनले नेपालका बारेमा विवादास्पद अभिव्यक्ति दिने क्रममा चुनौतीपूर्ण भाषा प्रयोग गरेका थिए । गत जुनमा सीमा विवादका सन्दर्भमा अभिव्यक्ति दिने क्रममा उनले नेपाल सरकारलाई सीमा निर्धारण गर्नुअघि त्यसको परिणामका बारेमा पनि सोच्न चेतावनी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप