अख्तियारका प्रमुख आयुक्त राईले दोहोरो सुविधा नलिने
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यबाट कुनै पनि प्रकारको दोहोरो सुविधा नलिने घोषणा गरेका छन् । गत माघ २१ गते नियुक्त भएका राईले फागुन महिनादेखि आयोगबाट पाउने सुविधाबाहेक आफूले पाउने निवृत्तिभरण लगायतका अन्य सुविधा नलिने घोषणा गरेका हुन् ।
सोमबार राईको निर्देशनमा आयोगका लेखा अधिकृत निमलाल भुसालले निवृत्तभरण कार्यालयलाई पत्र लेख्दै पाइरहेको निवृत्तिभरण रोक्न जानकारी गराएका छन् । भुसालद्वारा जारी पत्रमा ‘निवृत्तिभरण रकम नलिने र प्रमुख आयुक्तको हैसियतमा प्राप्त हुने सेवा सुविधा मात्र लिने स्वघोषणा गरिदिनुभएको’ भनिएको छ ।
यसैबीच अख्तियारको सो जानकारीसँगै निवृत्तिभरण व्यवस्थापन कार्यालयले पनि प्रमुख आयुक्त राईले आफ्नो संकेत नम्बर १३३४८४ बाट खाइपाई आएको निवृत्तिभरण ‘पेन्सन’ रकम रोक्का गरिएको जानकारी दिएको छ ।
राईको यो घोषणासँगै संवैधानिक निकायका अन्य पदाधिकारीलाई पनि दोहोरो सुविधा नलिन नैतिक दबाब परेको छ ।
सामाजिक सुरक्षा कार्यक्रम कार्यविधि ०६९ ले दोहोरो सुविधा लिन नहुने व्यवस्था गरेको छ । यद्यपि कानुनमा भने कहीँ कतै त्यस्तो व्यवस्था नभएका कारण कतिपय पदाधिकारीले दुबै सुविधा लिने गरेको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)