शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि जनकपुर र चितवन भिड्ने

सोमबार, २४ फागुन २०७७, १९ : ०७
सोमबार, २४ फागुन २०७७

पोखरा । पोखरा जारी अन्तर क्लब टी–२० क्रिकेट लिगको उपाधिका लागि जनकपुर क्रिकेट क्लब र चितवन क्रिकेट क्लब भिड्ने भएका छन् ।  रंगशालामा सोमबार भएको सेमिफाइनलमा जनकपुरले आयोजक सुपर जनरल पोखरालाई १० विकेटले र चितवनले पेलिगेण्ट्स क्रिकेट क्लबलाई १३ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएका हुन् ।

पहिलो सेमिफाइनलमा चितवनले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको पेलिगेण्ट्स १ सय ६ रनमै समेटिएको थियो । चितवनको पारीमा साकार ढकालले ६ छक्का र ४ चौकाको मद्धतमा ४७ बलमा ५३ रनको महत्वपूर्ण योगफल तयार पारको थिए । 

त्यस्तै सपनिल अधिकारीले २७ रन जोडेका थिए । पेलिगेण्ट्सका बलरहरु चन्द्रकान्त पौडेलले ३ तथा विशाल पौडेलेले २ विकेट लिए । पेलिगेण्ट्सका समिर कँडेल र कमल थापाले समान १३ रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । पेलिगेण्ट्सका बलरहरु म्यान अफ द म्याच चन्द्र उमेश ठाकुरले ३ तथा संघर्ष पौडेलले पनि ३ विकेट लिए । अर्का बलर आशिष लम्सालले २ विकेट लिए ।

अर्को सेमिफाइनलमा पहिला ब्याटिङ गरेको पोखराले पुरा २० ओभरमा ७ विकेट गुमाएर ९४ रनको सामान्य स्कोर खडा गरेको थियो । पोखराका प्रविण ढकालले ३३ तथा विधान श्रेष्ठले १४ रन जोडे ।  प्रत्युतरमा जनकपुरले कुनैपनि विकेट नगुमाई विजयी लक्ष्य पार गरेका थियो । जनकपुरका सुधीर चौधरीले ३ छक्का र ४ चौका प्रहार गर्दै अभिजित ४४ रन बनाए भने अक्बर अलिले अभिजित ३६ रन जोडेका थिए । बलिङतर्फ ४ विकेट लिएका जनकपुरका राहुल प्रताप सिंह म्यान अफ द म्याच भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप