पोप फ्रान्सिसको इराक भ्रमणः कुन-कुन कार्यक्रममा व्यस्त भए ?
सोमबार, २४ फागुन २०७७, १६ : १०
बग्दाद । इसाई सर्वोच्च धर्म गुरु पोप फ्रान्सिसको तीन दिने इराक भ्रमण सम्पन्न भएको छ । इराकमा पोपको यो पहिलो औपचारिक भ्रमण हो । सुरक्षा चुनौतीका बीच ८४ वर्षीय पोप फ्रान्सिसले इराकमा करिब एक हजार ४०० किलोमिटर यात्रा गरेका थिए । उनले शिते मुस्लिमका सर्वोच्च धर्म गुरु ग्राण्ड आयातोल्लाह अलि सिस्तानीसँगै इराकमा शदियौंदेखि बसोबास गरिरहेका इसाई सम्प्रदायका व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।
आइतबार आफ्नो अन्तिम सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पोप फ्रान्सिसले आफूले इराकमा दुःख र पीडा मात्र नभई आशा र मित्रताको आवाज पनि उठेको बताए । उनले इराकमा आधा दर्जनभन्दा बढी सार्वजनिक प्रवचन दिएका थिए, जसमा उनले आशा र भातृत्वको पक्षमा आफ्ना धारणा राखेका थिए । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’