रौतहट प्रहरीद्वारा ३ वटा गाडीसहित १३ लाखको सामान बरामद
आइतबार, २३ फागुन २०७७, २२ : ३४
रौतहट । रौतहट प्रहरीले एक ट्याक्टरसहित १३ लाख बराबरको समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा विभिन्न प्रहरी युनिटबाट गएको गस्ती टोलीले अवैध रुपमा भारतबाट भन्सार छली गरी नेपालतर्फ भित्र्याउँदै गरिएको सामान बरामद गरेको हो । प्रहरीले ४ वटा खसी, ८ वटा आल्मुनियमको ढोका र केही झ्याल बरामद गरेको छ ।
त्यस्तै उक्त सामान ल्याउन प्रयोग गरिएको एउटा ट्रयाक्टर, २ वटा बोलेरो, एउटा मारुती कार, २ वटा मोटरसाईकल र दुई जनालाई नियन्त्रणमा लिएको छ । बरामद गरिएका सामान र नियन्त्रणमा लिएका व्यक्तिलाई आइतवार आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा