मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए विश्वासको मत लिन्छु : प्रधानमन्त्री ओली

आइतबार, २३ फागुन २०७७, २० : ४८
आइतबार, २३ फागुन २०७७

काठमाडौं । प्रधानमन्त्री  केपी शर्मा ओलीले आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । बालुवाटारमा बसेको ओली पक्षीय संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाएको सांसद खिमलाल भट्टराईले जानकारी दिए ।
 
सभामुखले प्रचलित परम्परा अनुसार संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएको, प्रधानमन्त्रीसँग समेत कुनै परामर्श नगरेको तथा संसद बैठकमा बोल्न दिने क्रममा समेत सरकारको विरुद्धमा बोल्न समय दिएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका थिए । 

त्यस्तै बैठकले सर्वोच्च अदालतको फैसलालाई स्वीकार्ने निर्णय समेत गरेको गरेको भट्टराईले जानकारी दिए । 

त्यस्तै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलापछि २०७५ जेठ ३ अघि फर्किएकाले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफू विश्वासको मत लिने र सरकारलाई अघि बढाउने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप