बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चको फैसला  राजनीतिक प्रकृतिको भएको प्रचण्ड–नेपाल पक्षको टिप्पणी !

आइतबार, २३ फागुन २०७७, २० : ४४
आइतबार, २३ फागुन २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको भएको निष्कर्ष निकालेको छ । आइतबार साँझ नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले सर्वोच्चको फैसलाको सम्बन्धमा कानुन व्यवसायीहरूसँगको छलफलबाट उक्त निकर्ष निकालेको हुन् । 

छलफलका क्रममा सर्वोच्चको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको भएको सुझाव आएको नेकपाका अध्यक्ष प्रचण्डले जानकारी दिए । कानुन व्यवसायीको धारणा सुनेर भोलि स्थायी कमिटीको बैठक राखि पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्ने उनले बताए ।

उनले भने, ‘आजको सर्वोच्चको फैसलाबारे कानुन व्यवसायी र विज्ञ साथीहरुसँग छलफल ग¥यौँ । यो आजको फैसला अनपेक्षित जस्तो र बढी राजनीतिक प्रकृतिको फैसला लागेको छ भन्ने सुझावहरु आएको छ । थुप्रै कोणहरूबाट कानुन व्यवसायीहरुले राख्नुभएको छ आफ्नो धारणा । त्यसको आधारमा भोलि पार्टीको स्थायी समितिको बैठक बसेर आवश्यक निर्णय गर्छौ । यो अपेक्षित थिएन यस्तो फैसला, अनपेक्षित नै हो यो । बढी राजनीतिक प्रकृतिको छ । तर समग्र फैसलाको अध्ययन गरेर, सबै साथीहरु सल्लाह गरेर मात्रै विस्तार पूर्वक आफ्नो धारणा भोलि सार्वजनिक गर्छौ ।’

आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतमा परेको मुद्दाबारे फैसला गर्दै ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप