ओली पक्षले बोलायो संसदीय दलको बैठक, १७३ सांसदलाई नै खबर गरियो
आइतबार, २३ फागुन २०७७, १८ : १३
नेकपा केपी ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा संसद बैठक सकिएलगत्तै बस्नेगरी संसदीय दलको बैठक बोलाइएको ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
उनले सबै १७३ सांसदलाई नै बैठकमा सहभागी हुन खबर गरिएको बताए ।
नेकपाभित्र दुई समूह रहेको बेला सर्वोच्चले पूर्ववत् अवस्थामै एमाले र माओवादी केन्द्र कायम रहनेगरी आइतबारै फैसला गरेको थियो । ओलीले भने नेकपा पार्टीकै हैसियतमा सबै सांसदलाई दलको बैठकमा बोलाएका हुन् ।