शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुकेश अम्बानीको घर बाहिर भेटिएको कारका मालिकको मृत्यु, थप गहिरियो मामिला

आइतबार, २३ फागुन २०७७, १५ : ४८
आइतबार, २३ फागुन २०७७

२५ फेब्रुअरीमा जेलेटिन स्टिक्सले भरिएको एउटा स्कोर्पियो कार भारतका उद्योगपति मुकेश अम्बानीको मुम्बईस्थित घर बाहिर भेटियो । केही दिन पछि यो कारका मालिक मनसुख हिरेनको शव ठाणेमा भेटियो ।

शुक्रबार मनसुख हिरेनको शव ठाणे प्रहरीले रेती बन्दरगाहको किनारामा भेटिएको थियो । उनको मृत्युपछि मुकेश अम्बानीको घर बाहिर बिस्फोटक भेटिएको मामिला अब थप गहिरिएको छ ।

कहाँ भेटियो मनसुख हिरेनको शव ?

प्रहरीका अनुसार मनसुख हिरेनको शव सानो नदीमा ५०–६० फिट मुनीबाट बरामद गरिएको हो । शवलाई क्रेनको मद्दतले बाहिर निकालिएको हो ।

प्रहरीले भन्यो, ‘शरीरमा असाध्यै फोहोर थियो । शवको अनुहार ढाकिएको थियो । अनुहारमा तीन–चारवटा रुमाल थिए । यी रुमाललाई प्रहरीले सिज गरेको छ ।’

अहिलेसम्म फोरेन्सिक रिपोर्ट आइसकेको छैन । प्रहरीलाई शंका छ कि शवलाई पानीभित्र तानेर ल्याइएको हो ।

मेरा श्रीमान् आत्महत्या गर्न सक्दैनन्ः विमला हिरेन

एकातिर यो घटनाले राजनीतिक मोड लिएको छ भने अर्कोतर्फ हिरेनको मृत्युका कारणबारे प्रश्न उठिरहेको छ ।

यसैबीच उनकी श्रीमती विमला हिरेनले एक पत्रकार सम्मेलनको आयोजना गरेका छन् जसमा उनले मनसुख हिरेनले आत्महत्या गर्न नसक्ने बताएकी छिन् ।

विमला हिरेनले मिडियासँग भनिन्, ‘यो घटनाको चौतर्फी अनुसन्धान हुनुपर्छ । वास्तविकता सार्वजनिक गर्नुपर्छ । हाम्रो पूरा परिवार विचल्लीमा परेको छ ।’

विमला हिरेनले भनिन्, ‘प्रहरीले उनीसँग लगातार सोधपुछ गरिरहेका थिए । उनी दिनभरी त्यहाँ नै थिए । उनले प्रहरीलाई पूर्ण सहयोग गरिरहेका थिए । उनलाई मार्च ४ मा बोलाइएको थियो तर उनी फिर्ता भएनन् । उनको फोन राती १० बजेदेखि बन्द भएको थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप