शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

७ वर्षीय मिर लामा गल्फ खेलमा शीर्ष १० स्थानमा, विश्व गल्फ प्रतियोगितामा छानिए

आइतबार, २३ फागुन २०७७, १० : ५२
आइतबार, २३ फागुन २०७७

 अमेरिकाको टेक्सास राज्यको ड्यालस शहरमा बस्दै आएका नेपाली मूलका ७ वर्षीय मिर लामा गल्फ खेलमा शीर्ष १० स्थानमा परेका छन् । उनी शीर्ष १० मा परेपछि विश्व गल्फ प्रतियोगितामा छनौट भएका छन् ।

कोरोना महामारीबाट गल्फ खेल खेल्न सुरु गरेका प्रतिभाशाली बालक उनी टेक्सासका आफ्ना उमेर  समूहका उत्कृष्ट खेलाडी पनि हुन् ।

सानो उमेर मै गल्फ खेलमा रुचि भएकोले गत वर्ष महामारीदेखि उनले गल्फ खेल्न सुरु गरेका उनका अभिभावकले जानकारी दिएका छन् । खेलमा अभिरुचिको साथै तीक्ष्ण दिमाग समेत भएकोले उनले खेलमा छिटो प्रगति गरेका हुन् ।

ड्यालस शहरका आफ्नो उमेरका राम्रा खेलाडीमा उनी गनिन्छन् । बालक निरले गत वर्ष एप्रिल ,२०२० देखि खेलमा निरन्तरता दिएका हुन् । गत बर्ष जुन महिनामा स्थानीय स्तरमा आयोजना भएको युएसकिड्सगल्फ प्रतियोगितामा प्रथम पटक सहभागिता जनाएका थिए ।

 शरद ऋतुमा सम्पन्न गल्फ प्रतियोगितामा उनी दोश्रो स्थान हासिल गर्न सफल भए । टेक्सास राज्यको ड्यालसमा आयोजना भएको एनटी पिजिए शरद ऋतु प्रतियोगिता सहित स्थानीय प्रतियोगितामा सहभागिता भएका थिए ।

उनले  एनटिपिजिए प्रतियोगितामा पुरै प्रतियोगिता जितेका छन् । उनलाई २०२१ को बसन्त ऋतुमा क्षेत्रीय खेल प्रतियोगितामा आमन्त्रित गरिएको थियो ।

फ्लोरिडामा सम्पन्न फ्लोरिडा क्षेत्रीय प्रतियोगितामा उनी शीर्ष १० मा पुग्न सफल भए पछि उनलाई आगामी जुलाईमा हुने युएस किड्स गल्फ वर्ल्ड च्यामपियनसिप २०२१ मा सहभागी हुन बोलाइएको उनका अभिभावकले जानकारी दिएका छन् ।

लामा परिवारले एक सन्देश दिँदै युवा खेलाडी मिरलाई बधाई दिनुको साथै प्रोत्साहन दिएका छन् । युवा प्रतिभाशाली खेलाडी बालक मिर लामा टेक्सस राज्यकै सफल व्यवसायी तथा सामाजिक अभियन्ता पासांग लामाका सुपुत्र हुन् ।

पिता लामाले छिटो टिप्ने र महामारीको समय सदुपयोग निकै गरेकोले यो सफलता हासिल गरेको भन्दै आफूले सदैव उसलाई हौशला गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप