शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनालाई च्याम्पियन्स लिगबाट हटाउन नेयमारको माग

आइतबार, २२ असोज २०७४, १३ : २१
आइतबार, २२ असोज २०७४

पेरिस । वफादारिताबापत आफूलाई दिइएको २.३ करोड पाउण्ड बोनसबारे बार्सिलोनाले विवाद खडा गरेको भन्दै नेयमारले युरोपेली फुटबलको नियामक निकाय युइएफएसँग क्लबलाई च्याम्पियन्स लिगबाट प्रतिबन्ध गर्न माग गरेको स्पेनिस मिडियाहरुले दाबी गरेका छन् ।

ब्राजिलियन स्टार खेलाडीका वकिलहरुले बार्सिलोनाले बोनस रकम बापत २.३ करोड पाउण्ड रकम नदिए पूर्व क्लबविरुद्ध कडा कदम चाल्न सुझाव दिएका थिए । बार्सिलोना यो सिजन बार्सिलोना छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन आएका छन् ।

स्पेनिस पत्रिका एएसका अनुसार युइएफएले नेयमारको आग्रहलाई तत्कालै खारेज गरेको थियो ।

जुलाई ३१ सम्म नेयमार बार्सिलोनामा रहे बार्सिलोनाले उक्त रकम तिर्नुपर्ने हुन्थ्यो । त्यही भएर नेयमार र पीएजसीबीचको सम्झौता अगस्तसम्मलाई रोकिएको थियो । 

तर, बार्सिलोनाले भने नेयमारले सो अवधि अगावै नेयमारले अन्य क्लबसँग छलफल शुरु गरेको बताउँदै उक्त करारलाई नमान्ने बताएको थियो ।

यता, नेयमारलाई क्लबमा भित्र्याउन प्रमुख भूमिका खेलेका निर्देशक राउन सानलेहीले क्याम्प नाउ छाडिसकेका छन् ।

बार्सिलोनाबाट विश्वकिर्तिमानी रकममा पेरिस आएपछि नेयमारले उत्कृष्ट शुरुवात गरेका छन् । शुरुवाती आठ खेलमा उनले आठ गोल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप