बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी

शनिबार, २२ फागुन २०७७, २२ : ५१
शनिबार, २२ फागुन २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्यामा ह्रास आउदै गएको तथ्याँकले देखाएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप १५८ जनाको मृत्यु भएको छ  । शनिबारको तथ्याँकअनुसार यो संख्या गतवर्ष डिसेम्बरको ‘बक्सिंग डे’ पछिकै कम भएको बताइएको ।

यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २४ हजार ४१९ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ । यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ६ हजार ४० जना नयाँ संक्रमित थपिएका छन् । केहि दिनयता बेलायतमा कोरोना संक्रमितको संख्या पनि दैनिक ६ हजारको सेरोफेरोमा रहँदै आएको छ ।

थपिएका नयाँ संक्रमितसँगै बेलायतमा संक्रमितको संख्या ४२ लाख १३ हजार ३४३ पुगेको छ । बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर १० हजार ८९८ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ५४२ रहेको छ ।

दुई करोड २८ लाख भन्दा बढी खोप वितरण

बेलायतमा   सोमबारसम्म  कोरोना विरुद्धको पहिलो र दोस्रो  डोजको खोप लगाउनेको संख्या  झन्डै दुई करोड २९ लाख पुगेको छ । पहिलो र दोस्रो डोजको खोप गरि दुई करोड १३ लाख २२ हजार ७१७ डोज खोप वितरण भइसकेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ को तथ्यांकमा उल्लेख छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड १७ लाख ९६ हजार २७८ जनाले खोपको पहिलो डोज लिएका छन् । यसैगरी १० लाख ९०  हजार ८४० जनाले खोपको दोस्रो डोज लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप