शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस नेता गिरीलाई पितृशोक, देउवाद्वारा दुःख व्यक्त

शनिबार, २२ फागुन २०७७, २२ : ०३
शनिबार, २२ फागुन २०७७

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीका पिता प्रजातन्त्र सेनानी लोकमणि गिरीको आज तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
 
काँग्रेस सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै केन्द्रीय सदस्य दीपक गिरीलगायत सबै शोकसन्तप्त परिवारजनमा पार्टी र अफ्नो तर्फबाट समवेदना प्रकट गरे ।
 
विसं १९९४ मा जन्मनुभएका गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप